|
Photo : Asian Cricket Council

काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले ७७ रनको लक्ष्य पाएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा जारी फाइनलमा हङकङले नेपालसामु ७७ रनको चुनौती पेस गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ ३२ ओभर १ बलमा ७६ रनमा समेटियो। उसलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछाने र शहाब आलमले समान ३ तथा अनिल शाह र दीपेन्द्र ऐरीले १-१ विकेट लिए। बाँकी २ ब्याट्सम्यान रनआउट भए।

नेपाल र हङकङ दुवै प्रतियोगितामा अपराजित टोली हुन्। नेपालले घरेलु टोली मलेसिया र हङकङले सिंगापुरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.