कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

|

मणिकुमार श्रेष्ठ-

सुनसरी : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले भ्रष्टचार र अनियमिता छानबिन, अस्पताल सेवाको विस्तार तथा गुणस्तर वृद्धि र कर्मचारीहरुको सेवा सुविधासम्बन्धी विभिन्न २१ बुँदे माग राख्दै साता अघिदेखि गर्दै आएको धर्नालाई जारी राखेका छन्।

कर्मचारी कल्याण समाजको आह्वानमा भएको धर्नालाई उपकुलपति डा. राजकुमार रौनियारले हल्का रुपमा हेरी समस्या समाधानतर्फ ध्यान नदिएको भन्दै आइतबारबाट सबै प्रशासनिक कार्यलाई ठप्प पार्ने घोषणा गरिएको समाजका अध्यक्ष सजेन्द्र तामाङले बताएका छन्।

अधिकारविहीन वार्ता समितिमार्फत अल्मलाउन खोजेको भन्दै कर्मचारीको मागप्रति उपकुलपतिको उदासीनता र मौनतालाई तोड्न थप दबाब दिन आवश्यक भएकाले प्रशासनिक काम ठप्प पार्न लागिएको उनले बताए। यस प्रकारको आन्दोलनले विरामीमा कुनै पनि प्रकारको समस्या उत्पन्न नहुने अध्यक्ष तामाङले बताए।

वार्ता समितिका संयोजक रजिष्ट्रार तुलबहादुर श्रेष्ठलगायत सदस्यहरु डा. पशुपति चौधरी, डा. नितेश सापकोटा र डा. नारायणराज भट्टराईले वार्ताको सुरुमै आपूmहरुलाई माग पूरा गर्ने गरी सहमति गर्ने अधिकार नभएको भनेपछि वार्ता अघि बढ्न नसकेको अध्यक्ष तामाङले बताए। कर्मचारीहरुले राखेका मागहरु जायज भएकाले तत्काल सम्बोधन गर्न माग गर्दै विभिन्न संघ संस्थाले धर्ना स्थलमा आई ऐक्यबद्धता जनाएका छन्।

 नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सागर प्रसाई, नागरिक अधिकार संरक्षण समिति, धरानका अध्यक्ष प्रेमकुमार राई, नेपाल आदिवासी जनजाति संघ, सुनसरीका सभापति नन्दराज राई र नेविसंघ सुनसरीका १ नं. सभापति बालकुमार राईले कर्मचारी आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ।

प्रतिष्ठानका वरिष्ठ डाक्टरहरु डा. प्रल्हाद कार्की, डा. चन्द्रशेखर अग्रवाल, डा. विष्णुहरि पौडेल, डा. निर्मल बराल, नर्सिङ प्राध्यापक श्याम लम्साल लगायतले समेत कर्मचारीहरुको माग जायज भएको भन्दै धर्ना स्थलमा आई समर्थन जनाएका छन्। धर्नामा नसिङ, पारामेडिक्स, प्रशासनिक कर्मचारीहरुको उच्च तह डेपुटी रजिष्ट्रार देखि दैनिक ज्यालादारीमा कार्यरत निम्न तह सम्मका कर्मचारीहरुको सहभागिता रहेको अध्यक्ष तामाङले दाबी गरेका छन्।

प्रतिष्ठानमा राजनीति चलखेल भएको भन्दै अख्तियारमा मुद्दा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कर्मचारीहरुले पदीय दायित्व भुलेको भन्दै कारबाहीको माग गर्दे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलय इटहरीमा मुद्दा दायर गरिएको छ। धरान एकता समाजका अध्यक्ष सन्नी श्रेष्ठले पेस गरेको निवेदनमा नेपाली कांग्रेस सुनसरीका जिल्ला सचिव सुजेन्द्र तामाङले पार्टीको जिम्मेवार पदमा रहेर प्रतिष्ठानको नियमविपरीत प्रतिष्ठानको सूचना शाखा प्रमुखको पदमा रही पदीय दायित्व भुलेको बताएका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बिपीको अधिकृत स्तरमा काम गर्ने गरेका छन्। उनका कामले सामाजिक संघ संस्थाको दायित्ववोध हुन नसक्ने भएको हुदा उनीहरु लगायत प्रतिष्ठानका सम्पूर्ण कर्मचारीहरुको न्यायिक तवरबाट छानविन गर्नु पर्ने मागसमेत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.