|

काठमाडौं : अपेक्षाकृत रुपमा पर्यटकको संख्या नबढेपछि होटल व्यवसायी तथा लगानीकर्ताहरु चिन्तित बनेका छन्। उनीहरुले पर्यटकलाई लक्षित गरेर प्रत्येक वर्ष होटलको संख्या बढ्दै गए तापनि पर्यटक नबढ्दा लगानी जोखिममा परेको बताएका छन्।

ुनेपालको हस्पिटालिटी इन्ड्रस्टीमा खर्बौंको लगानी भइसकेको छ र नयाँ लगानी थपिने योजना पनि छन्। तर, राज्यको तर्फबाट पूर्वाधार निर्माणमा न्यूनतम आधार पनि तयार नगर्दा पर्यटन व्यवसाय धरापमा परेको छु आइतबार नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा होटल संघ नेपाल हानका अध्यक्ष अमरमान शाक्यले भने।

उनले अबको केही वर्षमै नेपालमा २० लाख पर्यटक अटाउन सक्ने क्षेमताका होटल निर्माण हुने भए तापनि पर्यटक नबढ्दा लगानी गुम्ने बताए। हानका महासचिव विनय शाहले होटलहरु सपिङ मलमा परिणत हुने चिन्ता दायर गरे।

सन् २००३ र २००४ मा शेर्पा मल ब्लुस्टार राम्रै चलेका थिए तर, द्न्द्वको कारण ती होटल अहिले सपिङ मलमा परिणत भएका छन् अहिले स्थापित होटलको भोलिको भविष्य त्यस्तै देखियोु शाहले भने। उनले भारत र चीनका पर्यटकलाई मात्रै लक्षित गरेर पूर्वधार निर्माण गर्दा पनि नेपालमा धेरै पर्यटक बढ्ने सक्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.