|

काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर २ मा सोमबार हुन लागेको चुनावमा मतदाता परिचयपत्र नभएमा लालपुर्जा देखाएर भोट दिन पाउने वैकल्पिक व्यवस्था गरेको छ। कोही पनि मतदानबाट वञ्जित नहुन् भन्ने उद्देश्यले जग्गाधनी प्रमाणपत्रदेखि सरकारी निकायबाट दिइएका परिचयपत्र देखाएर पनि भोट हाल्न पाउने व्यवस्था आयोगले गरेको हो।

आयोगका अनुसार मतदाताले कुनै कारणवश परिचयपत्र पाउन नसकेमा, परिचयपत्र हराएमा वा नष्ट भएको खण्डमा वैकल्पिक व्यवस्था गरिएको हो। नेपाली नागरिकताको प्रमाणपत्र, २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य कुनै पनि परिचयपत्र समेतका आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ।

मतदाता नामावली र परिचयपत्रमा केही गल्ती भेटिए स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ४८ बमोजिम मत दिन पाइने आयोगले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.