|

काठमाडौं : चालू आर्थिक वर्षमा ४ दशमलव ६ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ। विश्व बैंकको वर्ल्ड इकोनोमिक प्रोस्पेक्टसले यसअघि आर्थिक वर्ष २०१८ (२०७४/०७५) मा साढे ५ प्रतिशत आर्थिक वृद्ध हुने प्रक्षेपण गरेको थियो। उसले त्यसलाई ०.९ आधार विन्दूले घटाउँदै नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो।

'बाढीका कारण तराईका अधिकांश जग्गा डुबानमा परेपछि कृषि उत्पादनमा कमी आउने सम्भावना छ,' विश्व बैंक नेपालका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले भने, 'आर्थिक वृद्धिमा कमी आउने प्रमुख कारण यही हो।

सन २०१९ मा साढे ४ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ। नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.