|

बारा : जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ भवानिपुरस्थित बाल विकास केन्द्रमा निर्वाचन कार्यालयका कर्मचारीको लापरबाहीका कारण मतदान अधिकृतको हस्ताक्षर बिना नै १५ वटाभन्दा बढी मतपत्र पेटिकामा खसेको छ।

मतदान अधिकृत जगदेव साह खाना खान जाने समयमा ४० वटा मतपत्रमा हस्ताक्षर गरेर गएपनि उनी अनुपस्थित हुँदा ५५ वटा भन्दा बढी मतपत्र प्रयोग भइसकेको थियो। 

बाल विकासको ‘ख’ मतदान केन्द्रमा मतदान गर्न पुगेका सुुकदेव नेपालले मतपत्रमा समेत अधिकृतको हस्ताक्षर नभेटेपछि यो रहस्य बाहिर ल्याए। लगत्तै आफ्नो मत बदर हुने डरले महिलाहरुले केहीबेर मतदान स्थल घेराउ गरेका थिए। उनीहरुले मतदान अधिकृतलाईहरुलाई समेत घेरामा हाले। 

तर केही समयको बहसपछि पार्टी प्रतिनिधिहरुको छलफलले कुरा टुंगो लगाउने सहमति भयो। त्यसपछि असन्तुष्ट महिलाहरु घर फर्किएको र मुचुल्का उठाएर मतपेटिकाहरु सम्बन्धित गणनास्थल पठाइएको स्थानीय राजेन्द्र भट्टराईले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.