|
फोटोहरु : रत्न श्रेष्ठ/रासस

काठमाडौं : नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ। 
सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिनाका साथै रङ्गीबिरङ्गी बेलुन उडाइएको थियो। मुलुकमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले ‘शान्तिका दूत’ परेवा उडाएका थिए।


संविधानसभा मूल समारोह समितिले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटबाट विशेष मार्च पास गरिएको थियो भने विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। 

काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर थिमी र कीर्तिपुर नगरपालिका तथा जिल्ला समन्वय समिति भक्तपुरले विशेष सांस्कृतिक प्रस्तुति झाँकी प्रदर्शन गरेका थिए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्बाट उसु, तेकान्दो र मुवा फाइट तथा नेपाली सेनाको सांगीतिक समूहबाट नेपाली राष्ट्रिय गीतको धुन प्रस्तुत गरिएको थियो। 

मूल समारोहका अध्यक्ष तथा प्रधानमन्त्री देउवाको सम्बोधनपछि कार्यक्रम समापन भएको थियो। कावा प्रधानन्यायाधीश दीपकराज जोशी तथा मन्त्रिगण, सांसद्, कूटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, प्राध्यापक, खेलाडी, नागरिक समाज, उद्योग व्यवसायी र सुरक्षाकर्मीको पनि सो अवसरमा सहभागिता थियो। 

नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा आयोजना गरिएको संविधान दिवस–२०७४ समारोहमा शान्तिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख ओनसरी घर्तीले ‘शान्तिका दूत’ परेवा उडाउँदै।


संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा नेपाली सेनाका हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन गरिँदै। 


 

 

 

नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा आयोजना गरिएको संविधान दिवस–२०७४ समारोहमा विभिन्न वेशभूषा झल्कने सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै।


 


नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा आयोजना गरिएको संविधान दिवस–२०७४ समारोहमा राष्ट्रिय खेलकुद परिषद्बाट उसु, तेकान्दो र मुवा फाइट प्रस्तुत गर्दै।


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.