|
फोटो : indianexpress.com

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका औपचारिक बैठक तथा अन्य छलफलका लागि सरकारी निवास प्रयोग नगर्ने भएका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी कामका लागि सरकारी श्रोत साधनको खर्च नगर्ने योजना अनुसार पार्टीका बैठक तथा कार्यक्रममा सरकारी निवास प्रयोग नगर्ने भएका हुन्।

गएको साउन १९ गते  प्रधानमन्त्रीमा निर्वाचित भएपछि सरकारी निवास बालुवाटार सरेका प्रधानमन्त्री प्रचण्डले त्यसयता बसेका पार्टीका बैठक बालुवाटारमा राखेका छैनन्।

सरकारी निवासमा बैठक तथा छलफल गर्दा सरकारी खर्च हुने भएकाले पार्टी कामका लागि प्रधानमन्त्री प्रचण्ड पार्टी कार्यालय पेरिसडाँडा वा लाजिम्पाट जाने प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। ‘पार्टीका औपचारिक बैठक तथा छलफलका लागि प्रधानमन्त्रीज्यूले सरकारी निवास प्रयोग गर्नुहुने छैन’ उनले भने, ‘पार्टी कामका लागि सरकारी खर्च तथा सामग्री प्रयोग गर्न नहुने मान्यताले उहाँले यस्तो निर्णय गर्नुभएको हो।’

उनले अनौपचारिक छलफलहरु भने बालुवाटारमा हुन सक्ने बताए। यसअघिका प्रधानमन्त्री सुशील कोइराला, केपी शर्मा ओली लगायतले पार्टीको बैठक पनि बालुवाटारको सरकारी निवासमा गर्दै आएका थिए। प्रधानमन्त्रीमा निर्वाचित भएपछि २८ साउनमा बोलाएको पार्टी केन्द्रीय कार्यालय समिति बैठक प्रचण्डले आफ्नै निवास लाजिम्पाटमा बोलाएका थिए। शुक्रबार दिउँसो २ बजे बस्ने बैठक पनि लाजिम्पाटमा बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.