|

महेश्वर अधिकारी-

    बारा : बाराको निजगढ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। भर्खरै सार्वजनिक मतपरिणामअनुसार एमालेका यमबहादुर खड्काले १४४७ मत ल्याएका छन्। खड्कालाई कांग्रेसका उम्मेदवार सुरेशकुमार खनालले १३४० मत ल्याएका छन्। त्यसैगरी उपप्रमुखमा एमालेकी लीला खनालले १४५७ मत ल्याएकी छन् भने १०४२ मतसहित माओवादी केन्द्रका बेनी बहादुर मोक्तानले पछ्याइरहेका छन्।

    अहिलेसम्म ४ वटाको मतपरिणाम सार्वजनिक भइसकेको छ। वडा नम्बर १ र १३ कांग्रेस विजयी भएको छ। एमालले वडा नम्बर २ र ३ मा विजयी भएको छ। भर्खरै सार्वजनिक मतपरिणामअनुसार वडा नम्बर ३ मा एमाललेका जितबहादुर तामाङ ४०८ मतसहित विजयी भएका छन्। उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका हिरालाल तामाङले २६६ मत प्राप्त गरेका छन्। अहिले वडा नम्बर ११, १२ र ४ को मतगणना भइरहेको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.