|

वीरगञ्ज : स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत पर्सामा सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। जिल्लाका १४ वटै स्थानीय तहमा मतगणना जारी रहँदा संघीय समाजवादी फोरम नेपाल सबैभन्दा अघि देखिएको छ। उसले ४ वटा स्थानीय तहमा अग्रता लिएको छ।

फोरमपश्चात एमाले र माओवादी केन्द्रले ३/३ वटा स्थानीय तहमा अग्रता लिएका छन्। कांग्रेस २ वटा स्थानीय तहमा अघि रहँदा राजपा र जनता दल एक/एक स्थानीय तहमा अघि छन्। 

कहाँ कसको अग्रता?

४ वटामा संघीय समाजवादी फोरम, नेपाल
पोखरिया नगरपालिका
धोबिनी गाउँपालिका
सखुवा प्रसौनी गाउँपालिका
जगरनाथपुर गाउँपालिका

३ वटामा एमाले
पर्सागढी नगरपालिका
पटेर्वा सुगौली गाउँपालिका
विन्दबासनी गाउँपालिका

३ वटामा माओवादी केन्द्र
ठोरी गाउँपलिका
पकहा मैनपुर गाउँपालिका
छिपहरमाई गाउँपालिका

२ वटामा कांग्रेस
जिरा भवानी गाउँपालिका
बहदरामाई नगरपालिका

एउटामा राजपा
वीरगञ्ज महानगरपालिका

एउटामा जनता दल
कालिकामाई गाउँपालिका

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.