सिरहा: सिरहाको नवराजपुर गाउँपालिकामा कांग्रेसले जित हात पारेको छ। अध्यक्षमा कांग्रेसका विश्वमोहनप्रसाद यादव २ हजार ३०३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शिवकुमार यादवले २ हजार ११४ मत प्राप्त गरे।
उपाध्यक्षमा कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३७७ मत ल्याएर विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी संगीताकुमारी यादवले १ हजार ९८८ मत प्राप्त गरिन्।
पाँचवटा वडामध्ये तीन वटाका कांग्रेस तथा एमाले र संघीय समाजवादी फोरमका उम्मेदवार एक-एक वटामा विजयी भएका छन्। जस अन्तर्गत वडा १ मा वडाध्यक्ष एमाले, २,४ र ५ मा कांग्रेस र ३ मा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।