|

वीरगञ्ज : पर्साको ठोरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका छन्। अध्यक्षमा माओवादी केन्द्रका पीएल श्रेष्ठ र उपाध्यक्षमा शान्ति थिङले जितेका हुन्।

श्रेष्ठले एमालेका लालबहादुर श्रेष्ठलाई ४०८ मतले पराजित गरेका हुन्। उपाध्यक्षमा थिङले एमालेकी गोकुलीकुमारी रेग्मीलाई १३९ मतले पराजित गरेकी हुन्।

माओवादी केन्द्रका पीएल श्रेष्ठले २७५४ र एमालेका श्रेष्ठले २३४६ मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकी थिङले २४३५ मत ल्याएकी छिन् भने रेग्मी २२९६ मत ल्याएकी छिन्।

जितको औपचारिक घोषणा भने गर्न बाँकी छ। ५ वडा रहेको ठोरी गाउँपालिकामा माओवादी केन्द्रले ३ वडाको अध्यक्ष जितेको छ भने कांग्रेस र एमालेले १/१ वडा जितेको छ। माओवादीले वडा १, ३ र ४, कांग्रेसले २ र एमालेले वडा ५ जितेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.