|

दाङ : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वसूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले अब हुने संघको निर्वाचनमा दाङ क्षेत्र नं. २ बाट चुनाव लड्ने संकेत गरेका छन्। प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेका पत्रकार भेटघाट कार्यक्रममा पार्टीले दिने जिम्मेवारी र आफ्नो घरक्षेत्र भएकै कारण २ नम्बर क्षेत्रबाट चुनाव लड्ने उनको भनाइ छ।

 ‘घर भएकै निर्वाचन क्षेत्रबाट चुनाव लड्छु सुरक्षित स्थान खोज्दै अन्त कतै जान्नँ’ उनले भने। त्यस्तै, नेता पोख्रेलले संघीयताको मौलिकपन नै स्थानीय तहको चुनाव भएको बताए। आफ्नो ठाउँ आफैँ बनाउने लक्ष्यलाई संघीयताले बोकेको बताए।

स्थानीय तहको सरकारलाई जति बलियो बनाउन सकियो त्यति नै संघीयताको मर्म स्थापित हुने उनको भनाइ छ। संविधान कार्यान्वयनको पहिलो चरणको चुनाव सम्पन्न हुनु नै लोकतान्त्रिक संविधानको सफल अभ्यास भएको उनले विश्लेषण गरे। अर्को प्रसंगमा नेता पोख्रेलले वर्तमान सरकारले मन्त्री मण्डललाई कानुनविपरीत विस्तार गरेर खलनायकको चरित्र देखाएको आरोपसमेत लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.