|

मुम्बई : बलात्कारको अभियोगमा भोजपुरी फिल्म स्टार मनोज पान्डे शुक्रबार पक्राउ परेका छन्। उनी पछिल्ला ७ दिनदेखि फरार थिए।

भोजपुरी फिल्मम उद्योगसँग जोडिएकी एक महिलाले उजूरी गरेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। मुम्बईको चारकोप थानास्थित प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले महिलाहरुलाई ठूला फिल्ममा काम लगाइदिने प्रलोभन देखाएर बलात्कार गर्ने गरेका थिए।

सेप्टेम्बर १५ मा यस विषयमा एक महिलाले उजूरी गरेकी थिइन्। त्यसपछि मनोज फरार थिए। ति महिलाका अनुसार मनोज युवतीहरुसँग लिभ-इन रिलेशनमा बस्थे र केही समयपछि उनीहरुलाई छाडिदिन्थे।

उनले फिल्म उद्योगमा काम मिलाइदिने वाचा गरेर युवतीहरुसँग सम्बन्ध बनाउने गरेका थिए। पीडित युवतीले मनोज पान्डेले जबर्जस्ती दबाब दिएपछि गर्भपतन गर्नुपरेको आरोप समेत लगाएकी छिन्।

मनोजले अभिनय गरेका थुप्रै फिल्ममध्ये 'लहरिया लूट राजा जी' र 'खून भरी मांग' चर्चित फिल्म हुन्। उनी भोजपुरी फिल्मका चर्चित निर्माता-निर्देशक राजकुमार आर पान्डेका भाई हुन्।

मनोजमाथि बलात्कारको अभियोग लागेको यो पहिलो पटक होइन। यसअघि नै ओशिवरा पुलिस थानामा उनी विरुद्ध बलात्कारको मुद्दा दर्ता भएको थियो। त्यतिबेला मुद्दा दर्ता गर्ने युवती पनि भोजपुरी फिल्मसँग नै जोडिएकी छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.