|
फाइल फोटो

वीरगञ्ज : वीरगन्ज महानगरपालिकामा २२ हजार ४ सय ९८ मतगणना हुँदा दोस्रो स्थानमा संघीय समाजवादी फोरम नेपाल आइपुगेको छ। महानगर प्रमुखमा नेपाली कांग्रेसका अजय द्विवेदीले ४ हजार ९ सय ४९ मतसहित अग्रता लिएका छन्।

दोस्रो स्थानमा संघीय समाजवादी फोरमका विजय सरावगी आइपुगेका छन्। उनले ४ हजार ३ सय ४४ मत ल्याएका छन्। उनले राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेशमान सिंहले भन्दा ४३ मत बढी ल्याएका छन्।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसले फराकिलो अग्रता लिएको छ। कांग्रेसकी शान्ति कार्कीले ५ हजार ७ सय ७४ मत ल्याएकी छन्। दोस्रो स्थानमा रहेकी फोरम नेपालकी उम्मेदवार पिंकीदेवी यादवले ४२७२ र राजपा नेपालकी उम्मेदवार रम्भा मिश्रले ३६७४ मत ल्याएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.