|

पाल्पा : सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबामा पहिरोले ट्रक र कार पुरिदा एक जनाको मृत्यु भएको छ। पहिरोमा कार पुरिँदा कारचालक गुल्मीको रुरु गाउँपालिका ५ का यमलाल भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुई जना गम्भीर घाइतेको उद्धार गरी उपचारको लागि बुटवल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले जानकारी दिए। ट्रक चालक पनि पुरिएको हुन सक्ने प्रहरीले जनाएको छ। पहिरो ठूलो भएको कारण उद्धारमा कठिनाइ भएको छ। तानसेनबाट बुटवल जाँदै गरेको लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक शनिबार विहान करिव ९ बजेतिर पुरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.