|

इलाम : नेकपा (माओवादी केन्द्र) इलामले आगामी मंसिर महिनामा हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगुको प्रमुख आतिथ्यतामा प्रदेशसभा र संघका लागि उम्मेदवार छनोट गरेको हो। बुधबारको बैठकले संघको प्रत्यक्षतर्फ क्षेत्र नं १ बाट धीरेन शर्मा र क्षेत्र नं २ बाट कान्छा लावतीलाई उम्मेदवार छनोट गरेको हो।

यसैगरी समानुपातिकतर्फ टीका घिमिरे र सोममाया राईलाई उम्मेदवार छनोट गरेको छ। यस्तै प्रदेश सभाको निर्वाचनका लागि क्षेत्र नं १ बाट तेजबहादुर राई र क्षेत्र नं २ बाट श्रीमान् राईलाई उम्मेदवार छनोट गरिएको माओवादी केन्द्र इलामका कार्यालय सचिव जीवन शर्माले जानकारी दिए।

यसैगरी प्रदेशको समानुपातिकमा राम राई, उर्मिला तामाङ, किरण सुनुवार, ओमबहादुर गुरुङ, शान्ता बस्नेत, प्रेमना छिरिङ र पवन शंकरलाई सिफारिस गरिएको शर्माले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.