|

भरतपुर :  भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सम्भावनानै सम्भावनाले भरिएको भरतपुर महानगरको विकास र समृद्धिका लागि एकताको
खॉचो रहेको बताएकी छन्। महानगरपालिकाको वडा न ५ को नारायणपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले आफ्ना योजनाहरु पूरा गर्न सबैको रचनात्मक सहयोग चाहिने बताएकी हुन्।

शहरी र ग्रामीण क्षेत्रको विकास सँगसँगै अगाडि बढाउनुपर्ने भन्दै नगर प्रमुख दाहालले महानगरीय रिङरोड (चक्रपथ) निर्माणको काम तत्काल सुरु गर्ने बताइन्।

महानगरले तत्कालीन, अल्पकालीन र दीघकालीन योजनासहितको गुरुयोजना निर्माण गरी भरतपुरमा विकासको नयँ मोडल नै स्थापित गर्ने नगर प्रमुख दाहालले बताइन्। विकास निर्माणका योजना दबाव र प्रभावको भरमा नभई आवश्यकताको आधारमा सञ्चालन गर्ने भन्दै स्थानीय आवश्यकतालाई समेट्ने खालको विकास मोडल सञ्चालन गर्ने जानकारी दिइन्। 'हाम्रा विकासका चाहना असिमित छन्, ती आवश्यकता परिपूर्तिका लागि आन्तरिक एवं बाह्य स्रोत साधनको अधिकतम प्रयोग र परिचालन गरी अगाडि बढ्छौं' उनले भनिन्।

भरतपुरलाई देशको उत्कृष्ट महानगरपालिका बनाउने बाहेक आफ्नो कुनै स्वार्थ नरहेको पनि बताइन्। चितनवको कविलासदेखि गोलाघाटसम्म फैलिएको भरतपुर महानगरपालिकालाई पर्यटन, शिक्षा, स्वास्थ्य र आधुनिक कृषि प्रणाली र तीब्र औद्योगिक विकासबाट मात्र संवृद्ध बनाउन सक्ने नगर प्रमुख दाहालले बताइन्।

कार्यक्रममा सांसद उमा अधिकारीले लामो समयपछि अधिकार सम्पन्न स्थानीय सरकार गठन भएकाले अब विकास निर्माणको काम द्रुत गतिमा अघि बढ्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.