|

वीरगञ्ज : वीरगंज महानगरपालिका प्रमुखमा संघीय समाजवादी फोरमका उम्मेदवारले नेपाली कांग्रेससँगको अग्रता घटाएका छन्। ३६ हजार ५ सय ६८ मत गणना हुँदा नगर प्रमुखमा कांग्रेसका अजय द्विवेदी र संघीय समाजवादी फोरमका उम्मेदवार विजय सरावगीको मतान्तर १ सय १७ रहेको छ। कांग्रेसका द्विवेदीले ७ हजार ९ सय ४९ र संघीय समाजवादी फोरमका सरावगीले ७ हजार ८ सय ३२ मत ल्याएका छन्।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेशमान सिंहले ५ हजार ७ सय ९९ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारीले ३ हजार ९ सय ८२ मत ल्याएका छन्। नेकपा एमालेका बसुरुद्धिन अन्सारीले ३ हजार ८ सय ९६ मत ल्याएका छन्। नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले २ हजार ९ सय १ मत पाएका छन्।

उपप्रमुखमा भने कांग्रेसले फराकिलो मतान्तर कायम गरेको छ। कांग्रेस उम्मेदवारको ९ हजार १ सय ८९ मत छ भने संघीय समाजवादी फोरमका उम्मेदवारको ७ हजार ५ सय ५ मत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.