|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले साधन र स्रोतको सदुपयोग गर्न सके देश विकास गर्न कठिन नहुने बताएका छन्।

‘सहयोगीनगर विकास समाज’ तथा ‘सहयोगी युवा क्लब’को संयुक्त आयोजनामा भएको दशैं, तिहार,नेपाल सम्बत,छठ, इद लगायत चाडको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले स्थानीय निर्वाचन सम्पन्न हुनु उल्लेखनीय पक्ष रहेको बताए।

'स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ र प्राप्त हुने साधन र स्रोतको सदुपयोग भए समाजको विकास हुन्छ भन्ने चेतना अभिवृद्धि होस्।  आवश्यकताका क्षेत्रहरू पहिचान गर्ने र समस्या सानो हुँदैमा त्यसको निराकरण गरिहाल्ने हो भने ठूलो खर्चबिनै समाजको विकास गर्न सकिन्छ भन्ने चेतनाको विकास होस्, देशको स्वाभिमानको रक्षा गर्दै आर्थिक विकास गर्नका लागि दूरदृष्टि राखेर भविष्यसम्मका योजना बनाउने चेतनाको विकास होस्, समाजलाई एकताबद्ध पार्ने यस्ता समितिहरू सक्रिय भइरहुन्,' शुभकामना दिदैँ उनले भने।

सहयोगीनगर विकास समाजका अध्यक्ष धनपति सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहका पूर्वमन्त्री शंकर पोखरेल,पूर्वमन्त्री अग्नि खरेल, टोल सुधार समितिका अध्यक्षहरू शिव भट्टराई, इन्दु सापकोटा, डाकबहादुर कार्की, सरोज उपाध्याय, समाजसेवीहरू जीवनकुमार कटुवाल, शिवप्रसाद ढकाल, इन्द्रराज गिरी, स्वामी निर्मल खतिवडा, त्रिविक्रम कर्माचार्य, कृष्णमुरारी कोइराला, हरि गौतम, विदुर ढुङ्गाना, कृष्णबहादुर के.सी.लगायत थुप्रै विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.