|

बैतडी : नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रमा आगलागी भएको छ।  शनिबार राति ११ बजेको समयमा प्राधिकरणको इनकमिङ फेडरमा आगलागी हुँदा राष्ट्रिय प्रसारण लाइनबाट जोडिएको ११ केभी विद्युत् अवरुद्ध भएको छ। बैतडीमा विद्युत् अनियमित बन्दा सेवाग्राही मार्कामा परेका छन्।

 इन्कमिङ फेडर आधा जलेको र मर्मत गर्न कम्तीमा ४ दिन लाग्न सक्ने विद्युत् प्राधिकरणका प्रमुख मोहनदेव जोशीले बताए। उक्त ११ केभीको फेडर मर्मतका लागि नेपालगन्जबाट मिस्त्री बोलाएको उनले बताए। ‘नेपालगन्जबाट मिस्त्री आउँदै छन् अब समान पाइयो भने ४ दिनमै मर्मत भ्याइन्छ।’ उनले भने।

अहिले भारतबाट आयात गरिएको ११ केभी प्रसारण लाईनबाटै विद्युत वितरण गरिरहेको उनले बताए । यसले दिउसो तिर पुग्ने र साझतिर पिकआवरमा भने लोडसेडिङ हुने प्राधिकरणका प्रमुख जोशीले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.