|

गोरखा : जिल्लाको हिमालपारिको गाउँपालिका चुमुनब्रीको छेकम्पारका किसानको चौँरीहरु धमाधम मर्न थालेका छन्। अज्ञात रोगले अहिलेसम्म १५ वटा चौँरी मरिसकेको स्थानीय लाक्पा नुर्बु लामाले टेलिफोनमा जानकारी दिए।

‘एक दिनअघि चौँरीलाई खै के के रोग व्यथाले च्याप्छ भोलिपल्ट मर्छ’ लामाले भने, ‘लार, निले, छुलेमा चौँरी मरेको छ। सबै मरेका चौँरीहरुलाई ज्वरो आउने, केही नखाने, आँखा रातो हुने समस्या देखिएको छ।’

अहिले छेकम्पारका किसानका चौँरीहरु गाउँमा ल्याइएको छ। बर्खाबेलामा उच्च हिमाली भेगमा चरनका लागि लगेका चौँरीहरु गाउँ झारेदेखि यस्तो समस्या आएको अर्का किसान टासी लामाले जानकारी दिए। छेकम्पारमा एउटा चौँरीलाई ५० हजार रुपैयाँदेखि एकलाख रुपैयाँसम्म पर्छ। उत्तरी गोरखाको ढुवानीको माध्यम नै चौँरी हो। केही किसानहरुले भने खच्चडमार्फत पनि समान ढुवानी गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.