|

काठमाडौं एनआइसी एसिया बैंकले दसैं, तिहार तथा छठको अवसर पारेर ०.९ प्रतिशत ब्याजदरमा घर कर्जा दिने भएको छ। ‘एन आई सी एसिया बैंकको दसैं तिहार उपहार, घर कर्जामा छुटैछुटको बहार’ नामको विशेष योजनाअन्तर्गत ग्राहकहरुले कागजात पेस गरेको ३ दिनभित्रै घरकर्जासम्बन्धी निर्णय भइसक्ने व्यवस्था गरेको बैंकले जनाएको छ।

यस योजनाअन्तर्गत घर कर्जा लिँदा ब्याजदरबाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सूचना लगायतका कुनै पनि दस्तुर/शुल्क नलाग्ने बैंकले विज्ञप्तिमार्फत आमग्राहक वर्गमा जानकारी गराएको छ।

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा क्ध्ब्ए गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ। कर्जा अवधि २५ वर्षसम्म रहेको बैंकले जनाएको छ।

२ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नहुने पनि विज्ञप्तिमा उल्लेख छ। कर्जाका लागि अनलाइनबाटै आवेदन दिन सकिने र किस्ता वा ब्याज मात्र भुक्तानी गर्ने सुविधासहित ग्राहकहरुको रुचि र आवश्यकताअनुसार कर्जा प्रदान गरिने जनाइएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.