|

बर्लिन : जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित भएकी छन्। तर उहाँको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको छ।

चान्सलरका लागि निर्वाचन जितेको भए पनि मर्केललाई सरकार गठनका लागि अर्को राजनीतिक दलको सहयोग चाहिनेछ। प्राप्त समाचारहरुका अनुसार उनको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ। त्यसपछि दोस्रो ठूलो दलकारुपमा मत ल्याउने अर्को दल एसपिडीले २० प्रतिशत मत ल्याएको छ। 

विश्लेषकहरुले उनको दलले गएको करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन्। तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेको छ। त्यसैले मार्केलले सरकार गठनका लागि अर्को दलको सहायता लिनुपर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.