|

कास्की : पोखरा लेखनाथ महानगरपालिका– १० रंगशाला नजिकै सेती नदिको खोचमा अड्किएका मनोज सुनारलाई नेपाल प्रहरी नेतृत्वको टोलीले जिवितै उद्धार गरेको छ । सडक खण्डबाट करिब ७०–७५ मिटर तलबीच भागमा अड्किरहेको अवस्थामा उनलाई नेपाल प्रहरी तथा सशत्र प्रहरी बल कास्कीको संयुक्त टोलीले उद्धार गरेको हो।

सुनारको टाउको र निधारमा चोट लागेको छ। उद्धार पश्चात पोखरा अस्पतालमा प्राथमिक उपचार गराएपछि उनलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको प्रहरीले जानकारी दिएको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ पृथ्वीचोकस्थित कृष्णटोलमा बस्दै आएका सुनार हिजो बेलुकादेखि परिवासँग सम्पर्कमा थिएनन्। परिवारले उनको खोजी गर्ने क्रममा बिहान खोचमा देखेपछि प्रहरीलाई खबर गरेको घाइतेका बुवा दिपक सुनारले बताए।

उद्धार टोलीको नेतृत्व गरेका वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी नायब निरीक्षक चेतनाथ पौडेलले अपरिचीत व्यक्ति सेती नदीको खोचमा अड्किरहेको खबर पाएसँगै आफ्नै नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.