|

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ शिखरआम्बोटेको निङगालेमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मंगलबार विहान बनेपाबाट डाँडापारि जाने क्रममा शिखरआम्बोटेको निङगाले भन्ने ठाउँमा पुग्दा विहान पौने ११ बजेतिर बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। एसपी थापाका अनुसार गाडीमा १७ जना सवार थिए। ‘घटनामा ६ जनाको मृत्यु भएको खबर आएको छ, बाँकी ११ जना घाइतेको उद्धारको लागि हेलिकप्टर घटनास्थलमा हेलिकप्टर पुगिसकेको छ’ एसपी थापाले भने।

काभ्रेपलाञ्चोक जिल्लाको दुर्गम क्षेत्र डाँडापारिमा सडक पुगेको ठाउँसम्मको लागि दसैंमा घर जानेहरुले सो गाडी रिजर्भमा लगेका थिए। घाइतेहरुलाई उपचारको लागि काठमाडौंमा लाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.