|

बाँके : ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले बाँकेका बाढीपीडितलाई ४० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। आरआरएनले राप्ती-सोनारी गाउँपालिकाका ४ सय १४ परिवार बाढीपीडितलाई राहत वितरण गरेको हो।

पहिलो चरणमा ३ सय ४३ परिवारलाई ५ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको आरआरएन नेपालगन्जका क्षेत्रीय संयोजक विकास चौधरीले बताए। उनले पहिलो चरणमा १० हजार ५ सय किलो चामल, ४ सय ६ किलो दाल, ४ सय ६ किलो नुन र २ सय लिटर खाद्यन्न बाढीपीडितलाई वितरण गरेको जानकारी दिए। उनले भने, ‘खान नपाएर भोकभोकै रहेका बाढीपीडितलाई अन्य समानभन्दा खाद्यान्न आवश्यक देखेर पहिलो चरणमा खाद्यान्न वितरण गर्‍यौँ।’

आरआरएनले खाद्यान्नपछि दोस्रो चरणमा गैरखाद्य र पानी शुद्धीकरण गर्ने हाइजिन किट वितरण गरेको छ। बाढीले पानी दूषित बनाएको ठाउँको पहिचान गरी हाइजिन किट वितरण गरिएको संयोजक चौधरीले बताए। उनले राप्ती–सोनारी गाउँपालिकाका सबै वडाका बाढीपीडितलाई गैरखाद्य सामग्री वितरण गरिएको बताए। ‘घरमा चाहिने अतिआवश्यक गैरखाद्य सामग्री बाढीपीडितलाई प्रदान गरिएको छ,’ उनले भने।

बाढीपीडितको आवश्यकता र जिल्ला विपद व्यवस्थापन समितिको सल्लाहबमोजिम राहत वितरण गरिएको आरआरएनले जनाएको छ। आफूखुसी वितरण गर्दा दोहोर पर्न सक्ने भएकोले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा राहत वितरण गरिएको आरआरएनका अधिकृत भुवन चौधरीले बताए।

उनले बाढीपीडितलाई प्रतिपरिवार ८ रुपैयाँ बराबरको बाल्टी, जग, थाल, झुल, डेक्ची, कराई लगायतका सामग्री वितरण गरिएको बताए। गैरखाद्य सामग्री वितरणका लागि ग्लोबल मेडिक र मुस्लिम एडले सहयोग गरेका थिए। राहत वितरण कार्यक्रममा आरआरएनले बाढीपीडितलाई हाइजिन किट प्रयोग गर्दा हुने फाइदा, विधि, अपनाउनुपर्ने सावधानी र गलत तरिकाले प्रयोग गर्दा हुने हानि नोक्सानीबारे जानकारीसमेत गराएको थियो।  

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.