|

रौतहट: स्थानीय निर्वाचनपछि रौतहटमा शृंखलाबद्ध रूपमा हत्या सुुरु भएको छ। रौतहटमा पछिल्लो १२ दिनमा चार जनाको हत्या भइसकेको प्रहरीले जनाएको छ। 

शनिबार राती वृन्दावन नगरपालिका– ५ मा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुुँदा एक जना तीन वर्षकी बालिकाको हत्या भएको छ। खानेपानीको निहुुँमा हुुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राती १० बजे भनाभन भएको र यादव पक्ष नेपाली कांग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो। 

झडपमा हुुलास यादवकी तीन वर्षकी छोरी अञ्जली कुुमारीलाई चोट लागेर मृत्युु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए। यादव र चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए। यसअघि नै रौतहटमा निर्वाचनपछि तीन जनाको हत्या भइसकेको छ । 

मौलापुुर नपा– ५ बजार छेउमा रहेको चिरान मिलका मालिक चन्द्रपुुर नपा– १० बाल्चनपुुर बरेडवा घर भएका ४५ वर्षका वीरेन्द्र साह, परोहा नगरपालिकामा पराजित नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवारका छोरा स्वयव अक्बर र कटहरिया नगरपालिकामा राजपा कार्यकर्ता रामपुुकार यादवको हत्या भइसकेको छ। 

निर्वाचनको दुुई हप्ता बित्न लाग्दासम्म जीत हुुने र हार हुुने पक्षबीच अत्यधिक तनाव रहेका कारण अहिले प्रायः सबै गाउँमा दैनिकजसो कुनै न कुुनै निहुुँमा विवाद भइरहेको छ। 

स्थानीय निर्वाचनमा कतिपय स्थानमा जीतको खुुसियालीमा कार्यकर्ता बढी उच्छृंखल देखिएका र कतिपय ठाउँमा हार व्यहोरेका कार्यकर्ता भोट नदिएको भन्दै अत्यधिक रिसका कारण विवाद बढेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.