|

काठमाडौं : स्पेनिस ला लिगामा लगातार सातौं जित दर्ता गर्दै बार्सिलोनाले अंक तालिकाको शीर्ष स्थान कायम राखेको छ। क्याम्पनाउमा गएराति भएको खेलमा लस पाल्मसलाई ३-० ले पारजित गर्दै बार्सिलोनाले लिगमा अपराजित यात्रा कायम राखेको हो। 

बार्साको जितमा लियोनल मेसी नायक सावित भए। उनले २ गोल गर्नुका साथै तेस्रो गोलका लागि पास मिलाए। ४९औं मिनेटमा सर्जियो बुस्केटको गोलबाट लिएको अग्रता ७०औं मिनेटमा मेसीले दोब्बर पारे। त्यसको ७ मिनेटपछि नै मेसीले व्यक्तिगत दोस्रो गोल गर्दा ३-० को जित पक्का भयो।

जितसँगै ७ खेलबाट बार्सिलोनाले २१ अंक जोडेको छ। समान खेल खेल्दै दोस्रो स्थानमा रहेको सेभियाले १६, तेस्रो स्थानको भ्यालेन्सियाले १५, चौंथो स्थानको एथ्लेटिको मड्रिडले १५ तथा पाँचौं स्थानको रियल मड्रिडले १४ अंक जोडेका छन्।

गएराति नै भएको अर्को खेलमा रियल मड्रिडले इस्पानियोललाई २-० ले पराजित गरेको छ। रियलको जितमा दुवै गोल इस्कोले गरे। जितसँगै १४ अंक पुर्‍याएको रियल लिग लिडर बार्सिलोनाभन्दा ७ अंकले पछि छ।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.