|

सिन्धुपाल्चोक : जिल्लाबाट नेकपा एमालेले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली तर्फ उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रतिनिधि सभाको क्षेत्र नं. १ बाट पोलिटब्युरो सदस्य अरुण नेपालको नाम सिफारिस भएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ भित्र पर्ने प्रदेश सभा १ मा पूर्व जिविस सरेश नेपालको नाम सिफारिस भएको छ। माओवादी केन्द्र र एमालेबीच भएको चुनावी तालमेल अनुसार एमालेले प्रदेश सभामा एउटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छैन। प्रदेश सभा २ बाट माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष माधव सापकोटा सुबोधको नाम सिफारिस भइसकेको छ।

प्रतिनिधिसभा २ मा एमालेको केन्द्रीय सदस्य शेरबहादुर तामाङको नाम सिफारिस भएको छ। प्रतिनिधि सभा २ को प्रदेशसभा १ मा पूर्व सभासाद सुवास कर्माचार्य र इन्द्र नेपालको नाम सिफारीस भएको छ। यस क्षेत्रमा कर्माचार्य उम्मेदवार बन्ने सम्भावना बढी रहेको एमाले स्रोत बताउँछ।

कर्माचार्यले टिकट पाए पनि माओवादी केन्द्रका उम्मेदवार युवराज दुलाल शरदलाई टिकट थमाएर कर्मचार्य पछि हट्न सक्ने सम्भावना पनि धेरै रहेको स्रोतको भनाइ छ।

दुलाल माओवादीको त्यागि नेताको रुपमा सिन्धुपाल्चोकमा परिचित छन्। स्थानीय तहको निर्वाचनमा पनि चौतारा साँगाचोगढी नगरपालिकामा प्रमुखको टिकट पार्टीले आफुलाई सिफारीस गर्दा समेत माओवादीका पुराना नेता अमानसिंह तामाङलाई छाडेका थिए। उनी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पूर्व अङ्गरक्षक समेत हुन्।

यस्तै, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ भित्रको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा बालकृष्ण देउजा, उपेन्द्र तामाङ, नेत्रलाल चौलागाई, धर्मकृष्ण श्रेष्ठ र माधव पाण्डेको नाम एमालेले सिफारिस गरेको छ।

समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवार भने शुक्रबार जिल्ला कमिटीको बैठकले छनोट गर्ने नेकपा एमालेका प्रचार विभाग प्रमुख यज्ञ सापकोटाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.