|

पाल्पा : प्रमुख तीन दलले प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम  माथिल्लो निकायमा सिफारिस गरेका छन्। स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा आफ्नो अनुकुलतामा तालमेल गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि भने छुट्टाछुट्टै उम्मेदवारको नाम सिफारिस गरेका छन्।

कांग्रेसबाट सिफारिस भएका उम्मेदवार

नेपाली कांग्रेसले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ विजयराज घिमिरे, कृष्णप्रसाद अधिकारी, विष्णुमाया ढकालको नाम सिफारिस गरेको छ। समानुपातिकतर्फ भने सन्दीप रानाको मात्र नाम सिफारिस गरेको जिल्ला सभापति वीरबहादुर रानाले जानकारी दिए।

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ भित्रको १ नम्बरबाट जिल्ला उपसभापति देवराज ढकालको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ ज्ञानबहादुर गाहा, नेत्रप्रसाद भटराई र रुपा विकको नाम सिफारिस भएको छ। प्रदेश सभाको २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ दानबहादुर पछाई, शंकर खनाल र विजया भटराईको नाम सिफारिस गरिएको सभापति रानाले बताए। यस्तै, समानुपातिकतर्फ विष्णुकुमार थापा, कृष्ण भट्टराई, डिल्लीराज रेग्मीको नाम सिफारिस भएको छ।

यस्तै, क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ हरिप्रसाद नेपाल, राजनप्रसाद पन्त, वीरबहादुर राना र डा. रामप्रसाद ज्ञवालीको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ विद्यान श्रेष्ठ, वसन्ती घिमिरे, जमिला मिया, शोभा शाक्य, शान्ता बोहोरा, अम्बिका पौडेल, शारदा नेपालको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सुनिता अधिकारी, यमलाल तिमिल्सेना, माधव नेपाल, रामेश्वर पन्थी हिमालदत्त श्रेष्ठ, सरस्वती बस्याल, रमा पन्त र प्रदीप उदयको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ अजयमान कर्माचार्य, लालकुमारी राना, अम्बिका भट्टराई, गंगा पौड्याल, चकोरमान शाक्य, कृष्णबहादुर राना, कोपिला कार्की, जनक गाहा, झपेन्द्र गहिरे, दलबहादुर राजपुत, दमबहादुर कार्की, पदम बस्याल, पोषकान्त बस्याल, विष्णुबहादुर गाहा, महेश्वरी कुंवर, महेन्द्र खाती, माधव न्यौपाने, मुक्तिराम बस्याल, मोहनप्रसाद श्रेष्ठ, यादवसिंह कार्कीको नाम उम्मेदवारका लागि सिफारिस भएको सभापति वीरबहादुर रानाले जानकारी दिए।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ विमल ढकाल, जुद्धबहादुर थापा, विनोद कार्की, लक्ष्मण रायमाझी, हिराधर आचार्य, शंकर रायमाझी, हरिलाल पोखरेल, ओमप्रसाद पोखरेल, खड्गबहादुर कुंवर, पदम न्यौपाने, मदन आचार्य, रामचन्द्र पाण्डेय, रामबहादुर कार्की, लक्ष्मण खनाल, लक्ष्मण हिताङ्ग, सीतादेवी पोखरेल, हरिलाल पोखरेलको नाम सिफारिस गरेको छ। यस्तै समानुपातिकतर्फ सीता नेपाल, अमरबहादुर थापा, कान्ता अधिकारी, गिरिजा गैरे, दिवाकर अर्याल, धनबहादुर रायमाझी, नलबहादुर राना, माया खनाल, लक्ष्मी गैरेको नाम सिफारिस गरिएको सभापति रानाले बताए।

एमालेबाट को को परे?

नेकपा एमालेबाट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ दलबहादुर रानाको नाम सिफारिस भएको छ। क्षेत्र न. २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ सोमप्रसाद पाण्डे, ठाकुर गैरे, धनेन्द्रराज घिमिरे, यादवबहादुर रायमाझी र गणेश बस्यालको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष नारायण आचार्यले जानकारी दिए।

प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ एकप्रसाद भण्डारी, टंक खनाल, कुबिजा अर्याल, इन्द्रा गहतराज, ठाकुर लोहागुन र मिनप्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ।

 प्रदेश सभाको लागि क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ युवराज खनाल, २ बाट नारायण आचार्य, झपेन्द्रबहादुर जिसी, राजेन्द्रलक्ष्मी गैरे, करुणा काफ्ले, जीवन आचार्य, प्रेम श्रेष्ठ र खेम सारुको नाम सिफारिस गरिएको छ। त्यस्तै क्षेत्र नं. २ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ कृष्णराज अधिकारी, कमल पाण्डेय, तीर्थ गौतम, नुरराज बस्याल, मोहन थापा मगर, मोहनलाल गैरे, डा. पुरनमान ब्रजाचार्य, त्रिरत्नलाल शाक्य र सुनिता शर्माको नाम सिफारिस अध्यक्ष आचार्यले बताए।

 क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र नम्बर नं. २ बाट प्रत्यक्ष तर्फ कृष्ण जिसी, कृष्णबहादुर थापा, गीता भट्टराई, चिरन्जीवी पोखरेल, झलकबहादुर रायमाझी, तुलबहादुर अधिकारी, धनबहादुर रायमाझी, बिन्दु आचार्य, रामजी पोखरेल, रामजी भट्टराई र रन्जना रायमाझीको नाम सिफारिस गरिएको छ।

अध्यक्ष आचार्यका अनुसार प्रदेश सभाका लागि समानुपातिकतर्फ देवीलाल लामिछाने, उर्मिला शर्मा, कालीदास श्रेष्ठ, रमा घर्ती, मुक्तिराज कालिराज, परशुराम भट्टराई, रुक्मिणी देवकोटा, गीता पाण्डे, दुर्गाप्रसाद खनाल, माधव आचार्यको नाम सिफारिस गरिएको छ।

नेकपा माओवादी केन्द्रबाट को को?

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ बाट जीतबहादुर थापा (हिरा) र २ बाट बसन्त घर्तीमगरको नाम सिफारिस गरेको छ।

 यस्तै प्रतिनिधिसभा समानुपातिक तर्फ नेत्र पाण्डे, दलबहादुर राना, मिरा राना र खुमबहादुर बिकको नाम सिफारिस गरेको माओवादी जिल्ला सचिवालय सदस्य रामबहादुर गरम्जाले जानकारी दिए।

 क्षेत्र नम्बर १ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ यमबहादुर सुनार, जनक ढकाल र कमल भट्टराईको नाम सिफारिस गरेको छ। यस्तै २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका लागि विष्णु थापा, अर्जुन श्रेष्ठको नाम सिफारिस गरिएको गरम्जाले बताए।

क्षेत्र नं. २ को प्रदेश क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तुलसा राना र नवीन थापाको नाम सिफारिस गरिएको छ। क्षेत्र नं. २ को प्रदेश नम्बर २ बाट प्रत्यक्ष तर्फको उम्मेदवारका राजेन्द्र बिक, चक्रव्यूह थापा, लिला कार्कीको नाम सिफारिस गरिएको छ।

प्रदेश तर्फ समानुपातिक उम्मेदवारको लागि गिरबहादुर थापा, रामबहादुर गरम्जा, दिलु लामा, लोकनाथ गौतम, वलु गैरे र शान्ता सारुको नाम सिफारिस गरिएको माओवादी केन्द्र पाल्पाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.