|

धरान : भूमाफियाले धरानको खानीपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन्। स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया उत्साहित भएका हुन्।

जग्गा प्लटिङ गर्दा स्थानीय तहबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी प्रावधान भए पनि जलाधार क्षेत्रमा पर्ने धरान–४ स्थित छोटीमोरङ डाँडामा भूमाफियाले स्वीकृति नलिई प्लटिङ र किनबेच जारी राखेका हुन्।

जलाधार क्षेत्रसँगै कोशी राजमार्गमा समेतमा क्षति पुग्ने गरी प्लटिङ र किनबेच भएको थाहा पाए पनि धरान उपमहानगरपालिका र वन कार्यालयले रोक्न पहल गरेका छैनन्।

गैरकानुनी प्लटिङको जग्गा किनबेचमा उपमहानगरपालिकाले नै सिफारिस गर्ने गरेको पाइएको छ। जलाधार क्षेधको जग्गा प्लटिङ र किनबेचमा धरानका नेता, कर्मचारी र समाजसेवी भनिएकाहरूकै संलग्नता भएकाले सरकारी निकायले बेवास्ता गरेको जलाधार क्षेत्र बचाउ अभियन्ताहरूको आरोप छ। भूमाफियाले चुरे क्षेत्रमा समेत पर्ने जलाधार(छोटीमोरङ डाँडा) र कविताकुञ्ज क्षेत्रमा डोजर र स्काभेटर प्रयोग गरी जथाभावी प्लटिङ गरिरहेका छन्।

सर्दु जलाधार क्षेत्र धरानको खानेपानीको प्रमुख स्रोत हाो भने पर्यावरणीय दृष्टिकोणले पनि यो महत्त्वपूर्ण छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.