|

डडेल्धुरा :  एमालेले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ। शनिबार बसेको एमाले जिल्ला कमिटी डडेल्धुराको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनोट गरेको हो। 

प्रदेशसभामा दुवै निर्वाचन क्षेत्र र प्रतिनिधिसभा सदस्यमा खुलातर्फ विकल्पसहित जिल्ला अध्यक्ष डा.तारा जोशी, पूर्व जिविस सभापति गजेन्द्र शाही, प्रदेश संगठन कमिटी सदस्य पठानसिंह बोहरा, सचिवालय सदस्य नरबहादुर बिष्ट, अनेमसंघ उपाध्यक्ष कलावती भट्टराई र कमला साउदलाई सिफारिस गरेको जिल्ला उपाध्यक्ष वीरेन्द्रकुमार बस्नेतले जानकारी दिए। 

यसैगरी समानुपातिकतर्फ केन्द्रीय सदस्य निरा जैरु, नेता कृष्ण ओझा र पूर्वसचिव यज्ञराज अवस्थीलाई सिफारिस गरेको छ । 

यस्तै प्रदेशसभाका लागि समानुपातिक तर्फ क्षेत्र नं. १ बाट चक्र स्नेही, अमर पुन र गंगा भट्टराईलाई सिफारिस गरिएको छ। क्षेत्र नं. २ बाट वीरेन्द्रकुमार बस्नेत, शकुन्तला नगरकोटी र टेकबहादुर शाहीलाई सिफारिस गरेको एमालेले जनाएको छ ।

एमाले डडेल्धुराले खुला विकल्पका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा खुलातर्फ उम्मेदवार छनोट गरेपछि कुन तहमा कसको उम्मेदवारी रहने भने निश्चित हुन सकेको छैन।

जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेपछि आइतबार सुरु हुने प्रदेश कमिटीको बैठकले टुङ्ग्याउने र टुंगो लगाउन नसके स्थायी कमिटीमा पठाउने एमालेले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.