|

कपिलवस्तु :  आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुका प्रमुख तीन दलले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले जिल्लाबाट केन्द्रमा उम्मेदवारको नामावली सिफारिस गरेर पठाएका हुन्। कपिलवस्तुमा प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्र कायम छन्।

कांग्रेसलाई सकस

भर्खर मात्र भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायको नाम नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ। तर उनी सर्वसम्मत रुपमा सिफारिस हुन सकेनन्। उपाध्याय संगै सांसद अतहर कमाल र पूर्व राज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि प्रतिनिधिसभा सदस्यका सिफारिस भएको छ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद सुरेन्द्रराज आचार्य तथा ३ बाट हालै मात्र फोरम नेपाल परित्याग गरी कांग्रेस प्रवेश गरेका सांसद अभिषेकप्रताप साहको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यालयले जनाएको छ। प्रदेश सभाको लागि १ क बाट ललित गुरुङ, दुर्गा सेन, विक्रम थापा र १ ख बाट ओजी अरसद, राजेश आचार्य, लोकराज शर्माको नाम पठाइएको छ।

निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेशसभाका लागि पदम खनाल, जवाहर थारु, विष्णु गैरे र २ को ख बाट सुधाकर पाण्डे, राजु अर्यालको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरिएको छ। ३ को क मा अजय थापा, हुमाकान्त खनाल र ३ ख मा अकिल मियाको नाम पठाइएको छ। कांग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेश समानुपातिकका लागि ६० जनाको नाम सिफारिस गरी पठाएको छ।

एमालेबाट को को?

नेकपा एमालेको जिल्ला कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा ५ जनाको नाम सिफारिस गरेको छ। जसमा सांसद बलराम अधिकारी, विष्णु पन्थी, हिरालाल पौडेल र शान्ता पौडेल रहेका छन्। प्रतिनिधि सभाको २ नम्बर निर्वाचन क्षेत्रमा सांसद बृजेशकुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। गुप्ता राजपा परित्याग गरी एमालेको सूर्य चिह्नमा चुनाव लड्दैछन्। त्यस्तै प्रतिनिधि सभा तर्फको ३ नम्बर निर्वाचन क्षेत्रमा क्षेत्रबहादुर खत्री, अहमद अब्दुल रउफ, महादेव पोख्रेल, शुशीला खनाल र निशा विश्वकर्मा रहेका छन्।

प्रदेश सभातर्फको निर्वाचन क्षेत्र नम्बर १ को क मा कृष्ण पौडेल, जञ्जिरप्रसाद थारु, डम्मर शर्मा, सासंद विश्राम थारु र महिला नेत्रृ शारदा पोख्रेलको नाम सिफारिस गरिएको छ। त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ को ख मा ५ जनाको नाम सिफारिस भएको छ। जसमा अजिजुर रहमान शेष, अर्सराद अहमद खाँ, जगन्नाथ कुर्मी चौधरी, फैजल खाँ र रामनयन यादव रहेका छन्।

प्रदेश सभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर २ को क मा दीर्घनारायण पाण्डे (पप्पु) को एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर २ को ख मा केही समयपछि नाम सिफारिस गर्ने जनाएको छ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ को क मा अर्जुन केसी, लंकबहादुर हमाल र हुमा पौडेलको नाम प्रदेश सासंदको लागि सिफारिस भएको छ। त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को ख मा एकल मिर्जा अरसद बेगको नाम सिफारिस गरिएको एमालेले जानकारी दिएको छ।

माओवादीबाट को को?

नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा हालका सार्वजनिक लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ। क्षेत्र नं. २ बाट गिरीधारीलाल न्यौपाने र रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ। ३ नम्बर क्षेत्रबाट माओवादी स्थायी समिति सदस्य चक्रपाणि खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम समेत सिफारिस गरिएको छ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ कबाट विष्णु बेल्बासे, ३ क बाट सन्तोषी पाण्डे र ख बाट जावेद मुसलमानको मात्रै टुंगो लागेको माओवादी नेताहरुले बताएका छन्। स्रोतका अनुसार अन्य उम्मेदवारहरुको नाम टुंगो लगाउन बाँकी भएकाले क्षेत्र र नाम हेरफेर हुन सक्नेछ। यद्यपी एमाले, माओवादी र नयाँ शक्ति पार्टीको समीकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्लातहमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्।

नया शक्ति पार्टीले पनि टुंग्यायो उम्मेदवार

नया शक्ति पार्टी नेपाल कपिलवस्तुको छैठौं जिल्ला सचिवालयको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र राम लौटन तिवारी, क्षेत्र नं. २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं. ३ मा इलियास मुसलमानलाई उम्मेदवार बनाउने निणर्य गरेको छ।

त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं. १ को क मा मेघनाथ पौडेल र ख मा सुरेन्द्र तिवारी, क्षेत्र नं. २ को क मा सन्तोष पाण्डे, ख मा राजेन्द्रमणि पाठक, क्षेत्र नं. ३ को क मा मसहुद खां नेपाली, ख मा देवबहादुर भुसाललाई सिफारिस गरिएको छ।

त्यसैगरी प्रतिनिधिसभाको समानुपातिक तर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। यता प्रदेश सभाको समानुपातिक तर्फ क्षेत्र नं. १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारीको नाम सिफारिस गरिएको छ। त्यस्तै क्षेनं. २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं. ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य मेघनाथ पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.