नेमकिपालाई अझै ४ दिन लाग्‍ने

|

भक्तपुर : २१ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका लागि कांग्रेसले भक्तपुरबाट दुई निर्वाचन क्षेत्रमा १७ जना र प्रदेशसभाको चार क्षेत्रको लागि ६५ जना आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरेको छ।

जसमध्ये प्रतिनिधिसभाको दुई क्षेत्रको लागि प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ७ जना रहेका छन् भने प्रदेशसभाको चार क्षेत्रको लागि प्रत्यक्षतर्फ ३१ जना र समानुपातिकतर्फ ३४ जना सिफारिसमा परेका छन्।

उम्मेदवार बन्न आकांक्षीहरु बढी भएपछि जिल्ला समितिले पनि एउटै क्षेत्रमा १२ जनासम्मको नाम सिफारिस गरेको हो। जिल्लाले नगर र क्षेत्रबाट सिफारिस भएर आएकाहरुमध्ये तिन जनालाई प्राथमिकतामा राखी बाँकी अन्यलाई आकांक्षी उम्मेदवारको रुपमा सिफारिस गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।

को को परे नाम लिस्टमा?

स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको उम्मेदवारको लागि वरिष्ठ अधिवक्ता एवं नेपाली कांग्रेसका महासमिति सदस्य बाबुराजा जोशी, नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिका संयोजक यादवप्रसाद अधिकारी, जिल्ला सदस्य नवराज दाहालका नाम सिफारिस गरिएको छ। त्यसैगरी, समानुपातिकतर्फ अम्बिकादेवी झा, सुभद्रा काफ्ले, पुरुषोत्तम लामिछाने र गणेशकुमार प्रजापतिको नाम सिफारिस गरिएको छ।

भक्तपुर क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला सभापति दुर्लभ थापा, सासंद रामेश्वरप्रसाद ढुंगेल र वरिष्ठ पत्रकार कविर राणा, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, माथवरसिंह बस्नेत, भेषबहादुर कार्की र सांसद मनमोहन भट्टराईको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ रामप्रसाद दवाडी, अच्युतप्रसाद मिश्र र गौरी खड्का केसीको नाम सिफारिस भएको छ।

त्यसैगरी, भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ महासमिति सदस्य प्रवीण वन, क्षेत्रीय सभापति जीवन खत्री, कृष्णलाल भँडेल, मनोजकुमार थापा, धर्मराज थापा मगर, सुरेश श्रेष्ठ, किरण न्यौपाने र यज्ञविक्रम थापाको नाम सिफारिस भएको छ। यस क्षेत्रमा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्दछ।

सोही क्षेत्रबाट समानुपातिकतर्फ सानुमान लामा, सरु बानियाँ, हरिप्रसाद नेपाल, विजेश अवाल, शंकरप्रसाद गौतम, रुपा थापा, शिवप्रसाद मुनकर्मी, राधा कार्की, गंगालक्ष्मी अवाल, संगीता फुयाँल, विजयालक्ष्मी सुवाल र सावित्री लामिछाने सिफारिस भएको छ।

त्यसैगरी, भक्तपुर नगरपालिकाको १ देखी ९ वडासम्म क्षेत्र कायम भएको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला सदस्य रविन्द्र प्रधान, युवा विद्यार्थी नेता अनिल भुजु, नारायणप्रसाद तमाखुको नाम सिफारिस भएको छ।

सोही क्षेत्रका लागि समानुपातिकतर्फ रजनी जोन्छे, दयामान कर्माचार्य, रमा शिल्पकार, रञ्जना कक्षपति, सुन्दर भेले, धर्मरत्न खाइतु, किरण शिल्पकार र सुरेशराज भण्डारीको नाम सिफारिस गरिएको छ।

क्षेत्र नम्बर २ को सूर्यविनायक नगरपालिका क्षेत्र पर्ने प्रदेश सभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको उम्मेदवारको लागि जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सदस्य सुशिल बस्नेत, क्षेत्रीय सभापति नारायणभक्त खायमली, क्षेत्रिय कोषाध्यक्ष अंगत खड्का, युवा नेता सुनिल ठकुरी, कृष्णमुरारी न्यौपाने, रामगोपाल न्यौपाने, शंकर केसी, विदुरमानसिंह बस्नेत र विनोद ढुङ्गेलको नाम सिफारिस भएको छ।

सोही प्रदेशमा समानुपातिकतर्फ राजनकाजी त्वाती, पूर्ण नेपाली बिसुंके, रोजी बिसुंके, शशी बस्नेत, नीलकमल ध्वजू, सावित्री कार्की, ललिता धिताल पोखरेल, विजया शर्मा कोइराला र हीरालक्ष्मी कोजूको नाम सिफारिस भएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क्षेत्र नं २ मध्यपुर थिमी नगरपालिका क्षेत्रको प्रत्यक्षतर्फको उम्मेदवारको लागि पूर्वसभापति गणेशमान चक्रधर, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस मध्यपुर नगर सभापति सुरेन्द्र श्रेष्ठ, पुर्वजिल्ला सभापति महेश श्रेष्ठ, केदार खड्का, गोकुल शर्मा, सन्तोष भट्टराई,

मुरारीप्रसाद आचार्य र गणेशमान कुटुको नाम सिफारिस भएको छ। सोही क्षेत्रमा समानुपातिकतर्फ जीवन सिंजापति, उर्मिला वन, सीताराम दुगु, ओमप्रकाश श्रेष्ठ, भगवती अधिकारी र कल्पनादेवी पोखरेलको नाम सिफारिस भएको छ।

विवादबीच एमालेबाट २८ जनाको नाम सिफारिस

यसैबीच, नेकपा एमालेले जिल्लाको दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभाको क्षेत्रका लागि विवादबीच २८ जनाको नाम सिफारिस गरेको छ। एमाले स्रोतका अनुसार नगर र क्षेत्रबाट सर्वसम्मत रुपमा एक जनाको मात्र नाम सिफारिस भएको क्षेत्रमा समेत जिल्लाले नाम थप्ने प्रयास गरेपछि बैठकमा विवाद भएको हो।

एमाले स्रोतका अनुसार प्रतिनीधिसभा क्षेत्र नं १ को प्रत्यक्षतर्फ कृष्णराम गेलाल, प्रेम श्रेष्ठ र नारायणी दंगालको नाम सिफारिस भएको छ। त्यसैगरी क्षेत्र नं २ का लागि महेश बस्नेतको नाम सिफारिस गरिएको छ।

 नगर र क्षेत्रबाट बस्नेतको एकल नाम सिफारिस भएर आएतापनि जिल्लाले राजेन्द्रमान श्रेष्ठको नाम थप्न थालेपछि बैठकमा विवाद भएको स्रोतले बताए। समानुपातिकतर्फ भक्तपुर क्षेत्र नम्बर १ बाट मन्दरा मिश्र, नारायणभक्त बाटी र केदार अधिकारीको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट गणेशबहादुर खत्री, निर्मल भट्टराई र मालती पौडेलको नाम सिफारिस भएको छ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फ हरिशरण लामिछाने, मोहनवीर श्रेष्ठ र रामबहादुर श्रेष्ठ सिफारिसमा परेका छन्। यस क्षेत्रमा पर्ने चाँगुनारायण नगरसमितिले लामिछानेको एकल नाम सर्वसम्मत रुपले सिफारिस गरेको भनिए ता पनि जिल्लाले मोहनवीर श्रेष्ठ र रामबहादुर श्रेष्ठको नाम समेत सिफारिस गरेको हो।

निर्वाचन क्षेत्र नम्बर १ को भक्तपुर नगरपालिका रहेको प्रदेश क्षेत्र नम्बर २ को प्रत्यक्ष उम्मेदवारका लागि रोमन शिलाकारको नाम सिफारिस गरिएको छ भने समानुपातिकको लागि माइलाबाबु देउला, मदन देउला, सरस्वती बाटी र रञ्जु नापितको नाम सिफारिस गरेको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने मध्यपुर थिमी नगरपालिका क्षेत्रको प्रदेशसभा क्षेत्र नम्बर १ मा वचन देउजा सर्वसम्मत सिफारिस भएको एमाले स्रोतले जनाएको छ। यस क्षेत्रको समानुपातिकको लागि चन्दनकृष्ण श्रेष्ठ, गिता अञ्जान के. सी., सुशिला सुवेदी, दिपेन्द्र थापा र भवानी खड्काको नाम सिफारिस भएको छ।

त्यसैगरी सूर्यविनायक नगरपालिका रहेको प्रदेश सभा क्षेत्र नम्बर २ को प्रत्यक्षको लागि जिल्ला अध्यक्ष राजेन्द्र राजथला, शशीजंग थापा, श्याम बस्नेत, रजन केसी र गोविन्द चौलागाईको नाम सिफारिस गरिएको छ। बैठकमा एक समूहले अध्यक्ष राजथला र अर्को समूहले थापा एक्लैको नाम सर्वसम्मत रुपले सिफारिस गर्नुपर्ने भन्दै विवाद भएपछि बस्नेत, केसी र चौंलागाईंको नाम समेत थपेर सिफारिस गरिएको एमाले स्रोतले जानकारी दिएको छ।

नेमकिपालाई अझै ४ दिन लाग्ने

नेपाल मजदुर किसान पार्टीले उम्मेदवार छनोट प्रक्रियामा रहेको जनाएको छ। पार्टीको वडा तहबाट आकांक्षीहरुको नामावली संकलन भईरहेको बताउँदै नेमकिपाका जिल्ला अध्यक्ष न्हुछेंभक्त फोंजूले वडाबाट नगर नगरमा आएपछि निर्णय गरेर जिल्लामा पठाउने र जिल्लाबाट केन्द्रमा पठाई केन्द्रले निर्णय गर्ने जानकारी दिए। उनले नेमकिपाले उम्मेदवारको टुंगोलगायत अझै तीन÷चार दिन लाग्ने बताए।

तालमेलले नेकपा माओवादी (केन्द्र) अन्योलमा

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच निर्वाचनमा तालमेल गरेर जाने र पार्टी एकता समेत गर्ने समझदारी बनेपछि माओवादी केन्द्रको भक्तपुर जिल्ला कमिति उम्मेदवार छनोटमा अन्योलमा परेको छ।

उम्मेदवार छनोटका विषयमा सामान्य छलफल भएपनि तालमेलका विषयमा कुराकानी भैरहेकोले उम्मेदवार छनोटको प्रक्रिया शुरु नभएको माओवादी केन्द्रका जिल्ला नेता डि पी ढकालले जानकारी दिए। उनले जिल्लामा सबै तयारी पुरा भैसकेको बताउँदै पार्टी केन्द्रबाट तालमेलको स्पष्ट निर्देशन आएपछि उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.