सुर्खेत : २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सुर्खेतका ३ ठूला राजनितिक दलहरुले उम्मेदवार सिफारीस गरेका छन्। निर्वाचनका लागि सुर्खेतमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरेका हुन्।
हाल सुर्खेतमा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाको निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ। उम्मेदवार सिफारिस गरेका दल चुनावी तयारीका लागि गाउँ पस्न थालिसकेका छन्।
यी हुन्, कांगेसका उम्मेदवार
नेपाली कांग्रेस सुर्खेतले कांग्रेसले प्रनिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट पूर्वगृहमन्त्री एवं पार्टीका केन्द्रिय सदस्य पूर्णबहादुर खड्का र क्षेत्र नम्बर २ बाट पूर्वसहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीलाई सर्वसम्मत रुपमा उम्मेदवारको बनाएको छ।
यस्तै, प्रदेशसभा निवर्माचनका लागि ४ वटै क्षेत्रका लागि कांग्रेसले उम्मेदवारीका लागि नाम सिफारिस गरेको छ। कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि वीरेन्द्र रावत, केशर वली, टेकबहादुर सिंह, अनन्त पौडेल र नरेश ढकालको नाम सिफारिस गरेको छ।
यस्तै, क्षेत्र नम्बर २ बाट नारायण कोइराला, झकबहादुर डाँगी, गोविन्द कोइराला, वेदु गिरी र कमल आचार्यको नाम उम्मेदवारको लागि सिफारिस गरीएको छ।
यस्तै, कांग्रेसले क्षेत्र नम्बर ३ बाट जिल्ला सभापति कमलराज रेग्मी, डम्बर जिसी र धर्मराज गिरीको नाम सिफारिस गरेको छ। त्यस्तै क्षेत्र नम्बर ४ बाट सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, जिल्ला सचिव टोपबहादुर रावत र यज्ञबहादुर बिसीको नाम सिफारिस गरेको छ। यस्तै, नेपाली कांग्रेसले समानुपातिक तर्फको उम्मेदवारका लागि जिल्लाबाट ३५ जना नेताको सिफारिस गरेर केन्द्रमा पठाएको छ।
यस्ता छन् एमाले उम्मेदवार
यस्तै, नेकपा एमालेले पनि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाका लागि एमालेले क्षेत्र नम्बर १ बाट पार्टीका जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीको नाम सर्वसम्मत् रुपमा सिफारिस गरेको छ। यता क्षेत्र नम्बर २ मा भने सहमति हुन नसकेपछि नवराज रावत, कुलमणि देवकोटा र राधा कार्कीको नाम सिफारिस गरिएको छ।
यता, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट ऐनबहादुर चन्द, मानबहादुर खत्री र तुलसी शर्माको नाम सिफारिस भएको छ। यस्तै, क्षेत्र नम्बर २ बाट खड्कबहादुर खत्री सर्वसम्मत् रुपमा सिफारिस भएको छ।
त्यस्तै, क्षेत्र नम्बर ३ बाट पनि पार्टीका पोलिट्ब्युरो सदस्य यामलाल कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ भने क्षेत्र नम्बर ४ बाट भने पार्टी सचिव मोहन बडुवाल, इन्द्र केसी र टीका रानाको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फका उम्मेदवारहरुको सिफारिसका लागि भने छलफल भइरहेको नेकपा एमाले सुर्खेतले जनाएको छ।
माओवादी केन्द्रबाट सर्वसम्मत
यता, माओवादी केन्द्रले पनि प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुंगो लगाइसकेको छ। माओवादीले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा ठम्मर बहादुर विष्ट र क्षेत्र नं २ मा नरबहादुर विष्टलाई सर्वसम्मत रुपमा टुंगो लगाएको हो।
ठम्मर विष्ट दोस्रो संविधानसभामा पनि क्षेत्र नं १ बाट उम्मेदवार थिए भने नरबहादुर विष्ट पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। यस्तै प्रदेशसभाका लागि क्षेत्र नं १ मा जयबहादुर डाँगी, २ मा जितबहादुर राना, ३ मा गणेश भण्डारी र ४ मा बिन्दमान विष्टलाई माओवादीले सर्वसम्मत रुपमा उम्मेदवार बनाएको हो।
वाम एकताले अलमलमा स्थानीय नेता
आफ्ना पार्टीका उम्मेदवार सिफारिस गरेर चुनावी तयारीम जुटेका एमाले र माओवादी केन्द्रमा सुरु भएको वाम एकताबाट अलमलमा परेका छन्। एमाले र माओवादीले जिल्लाबाट उम्मदवार सिफारिस भए पनि अब केन्द्रको निर्देशनअनुसार गरिने बताएका छन्।
यता, माओवादी केन्द्रले केन्द्रमा एमालेसँग चुनावी तालमेलको सहमति अब नयाँ छलफलबाट अगाडि बढ्ने जानकारी दिएको छ। एमाले र माओवादी तालमेलपछि जिल्लामा निर्वाचन क्षेत्र बाँडेर जाने दुवै दलको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।