|

बैतडी : दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुरको विष्टको ५२ वर्षको उमेरमा निधन भएको छ। 

भारतको बरेलीस्थित एक अस्पतालमा उपचारको क्रममा मंगलबार उमेरमा विष्टको निधन भएको दोगडाकेदार गाउँपालिका–४ का वडासचिव प्रयागराज पन्तले जानकारी दिए। शुक्रबार एक्कासि ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको बरेली लगिएको थियो।

पन्तका अनुसार शुक्रबार गाउँपालिकाको बैठकमै विष्टलाइ एक्कासि ज्वरो आएको थियो। विष्टलाई योभन्दा अगाडि कुनै ठूलो रोग नरहेको र कुन रोगले मृत्यु भयो भन्ने जानकारी पाउन नसकेको उनले बताए। 

दोगडाकेदार गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहेका विष्टका श्रीमती र दुई छोरा छन् । विष्टले एमालेबाट वडाध्यक्षमा जितेका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.