|

रुकुम  : आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्लास्थित बिभिन्न ४ दलले उम्मेदवारको नाम  केन्द्रमा सिफारिस गरेका छन्। जसमा ४ जना पत्रकारहरु समेत रहेका छन्। जिल्लास्थित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबाट १ जना प्रत्यक्षतर्फ र ३ जना समानुपातिक गरी ४ जना पत्रकार उम्मेदवार सिफारिसमा परेका हुन्।

नेकपा एमाले रुकुमले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा नारायणकुमार शाहलाई सिफारिस गरेको छ। उनी जिल्ला सञ्चालित सामुदायिक रेडियो सिस्ने एफएमका स्टेसन मेनेजर हुन् भने नेपाल पत्रकार महासंघ रुकुमको संस्थापक अध्यक्ष समेत हुन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट २ जना पत्रकारहरु उम्मेदवारमा सिफारिस भएका छन्। प्रतिनिधि सभाको लागि समानुपातिक तर्फ निमबहादुर बुढाथोकी र प्रदेश सभाका लागि समानुपातिक तर्फ लक्ष्मी पुनको नाम सिफारिस भएको छ। दुबैजना युद्धकालीन समयदेखिका पत्रकार हुन्।

बुढाथोकी न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्य भइसकेका व्यक्ति हुन् भने पुन हाल गृह मन्त्रीको प्रेस संयोजक छिन्। त्यस्तै नयाँ शक्ति पार्टी नेपाल रुकुमले प्रतिनिधि सभाका लागि रुकुम क्षेत्र १ बाट डम्बर विष्टलाई प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस गरेको छ। जिल्लास्थित विभिन्न रेडियो स्टेशनहरुमा समाचार तथा कार्यक्रम प्रमुखको रुपमा काम गरिसकेका विष्ट हाल प्रेस सोसाटी प्रदेश नम्बर ६ को संयोजक समेत हुन्।

यी ४ जना तिनै पार्टीबाट उम्मेदवारको सिफारिसमा परे पनि नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्तिबीच गठबन्धन भएका कारण भने अब कसरी नयाँ उम्मेदवारहरु छनोट हुन्छन् भन्ने चाहीँ अन्योलमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.