|

रुकुम : सानीभेरी नदीमा बगेर रुकुममा एक जना बेपत्ता भएका छन्। रुकुमको मुसीकोट नगरपालिका १३, साधनचौरका ३५ वर्षीय गोविन्द केसी नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनबहादुर रजाँलीले जानकारी दिए।

उनका अनुसार केसी मुग्लुखोला दोभानमा दाउरा निकाल्ने क्रममा बगेका हुन्। नदी आसपासमा प्रहरी र स्थानीयबासीहरुको सक्रियतामा खोजीकार्य जारी राखे पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.