|

दाङ : उनी लामो समयदेखि यही काममा सक्रिय थिइन्। तर स्थानीय तह निर्वाचनमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि पेसा परिवर्तन हुन्छ कि भन्ने आशा थियो। तर भएन। बरु जनप्रतिनिधिको रुपमा विभिन्न कामकाजमा सक्रिय हुँदा पहिलेको काममा केही कमी आएको छ तर अन्य आयआर्जनका स्रोत नभएकाले पुरै रोकिएको छैन। 

पश्चिम नेपालकै महत्वपूर्ण क्षेत्र मानिन्छ दाङको घोराही। घोराही अहिले उपमहानगरपालिका बनेको छ। घोराही बजारको मुख्य भाग समेटेको छ वडा नम्बर १४ ले। गत स्थानीय तह निर्वाचनमा यही वडाकी फूलमाया नेपाली वडा सदस्यमा निर्वाचित भइन्। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट चुनाव लडेकी थिइन्। केही समय चुनाव प्रचार र केही समय स्वागत सम्मान आएपछि उनी अहिले फेरि पुरानै गिटी कुट्ने पेसामा फर्किएकी छन्। 

कटुवा खोलाको डिलमा गिटी कुटेर दिन रातको छाक टार्दै आएकी फूलमतिबाट अभावका दिन कहिल्यै पराइ बनेनन्। बरु त्यही दिनले पछ्याइरहे। चुनाव जितेपछि बल्ल हाम्रा दिन फर्कियो जस्तो लागेको थियो' उनले भनिन् 'अब चुनाव जितेपछि मेरा दुखका दिन सबै गएजस्तो अनुभूति भयो। अब त गिटी कुट्न पर्दैन होला सरकारले घर खर्च चलाउनलाई दुई चार पैसा दिन्छ होला भन्ने सोँचे तर रैनछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.