|

उर्लाबारी : मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा शनिबार बिहान पैदलयात्री एक किशोरको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ४९६ नम्बरको बसको ठक्करबाट पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो। 

बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने बस र  चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.