|

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले लाभ उठाउनका लागि सरकारले आचारसंहिताको उल्लंघन गर्दै मन्त्रीपरिषद् विस्तार गरेको आरोप लगाएका छन्। राष्ट्रिय सभागृहमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही दिन भए पनि लाभ लिऊँ भन्ने मानसिकताबाट उद्धत हुँदै सरकारले मन्त्रीपरिषद् विस्तार गरेको बताएका हुन्। 
देशको एकता र सम्वृद्धिका लागि लड्नेहरुको अगुवाइ नेकपा एमालेले गरेको दाबी गर्दै अध्यक्ष ओलीले कानुनको पालना गर्ने सवालमा गम्भीर हुनुको सट्टा विनाकामका विनाविभागीय मन्त्री थप्दै नेपाली कांग्रेस क्षणिक लाभ लिन अग्रसर भएको टिप्पणी गरे।

कार्यक्रममा अध्यक्ष ओलीले चुरे भावर राष्ट्रिय एकता पार्टीका बद्री न्यौपानेलगायत कार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए। शनिबारदेखि औपचारिक रुपमा न्यौपाने नेतृत्वको चुरे भावर राष्ट्रिय एकता पार्टी एमालेमा विलय भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.