|

काठमाडौं : आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन आइतबार दिउँसो २ बजेसम्ममा जम्मा २ दलले मात्र आयोगमा सूची बुझाएका छन्।

राष्ट्रिय यथार्थवादी दलले प्रतिनिधसभाका लागि ११ जना र नेपाल समाजवादी पार्टी (लोहियावादी) ले प्रदेश नम्बर २ बाट प्रदेशसभाका लागि ४१ समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छ।

यसका अलावा अन्य कुनै पनि दल दिउँसो २ बजेसम्म निर्वाचन आयोग आइपुगेका छैनन्। यद्यपी सत्तारुढ कांग्रेससहित १३ दलले सूची पेस गर्नका लागि टोकन लिएका छन्। एमाले र माअाेवादीले भने टोकनसमेत लिएका छैनन्।

बन्दसूची बुझाउनका लागि आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिएको छ। ५ बजेअगावै पुगेर टोकन लिने दलले ६ बजेसम्ममा सूची पेस गर्न सक्ने आयोगले जनाएको छ।

यी हुन् टोकन लिएका १३ दल :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.