|

अर्जुन बोहरा-

    सिमकोट : १० मंसिरमा हुने  प्रदेश र प्रतिनिधिसभाको  निर्वाचनका लागि आइतबार हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ। आइतबार औपचारिक कार्यक्रम आयोजना गरेर हुम्लाको सदरमुकाम सिमकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

    जिल्ला अदालत हुम्लाका श्रेस्तेदार  तथा साहयक मुख्य निर्वाचन अधिकृत शिवकुमार पोखेरेलद्वारा कार्यालयको ब्यानर पढेर कार्यालय स्थापन  भएको जिल्ला अदालतका सुब्बा राज बहादुर शाहीले जानकारी गराए।

    कार्यक्रममा मुख्य सहायक अधिकृत तथा जिल्ला श्रेस्तेदारा  पोखरेलले  अब जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी हुने सम्पूर्ण गतिविधि यस कार्यालयबाट हुने  बताए।

    हुम्ला जिल्लाका ७ गाउँपालिका ४४ वडा वडापालिकामा ५४ निर्वाचन केन्द्रबाट स्थानीय निर्वाचन तोकिएको थियो।  १० मंसिरको निर्वाचनलाई शान्त, मर्यादित भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नसमेत सहायक निर्वाचन अधिकृत पोखेरेलले आग्रह गरे।

     निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न लागि हुम्लाका सबै राजनीतिक दल,नागरिक समाज, सञ्चारकर्मी, सुरक्षा निकाय सरकारी कार्यालय लगायतले अब हुने  निर्वाचनलाई शान्त वातावरणमा सम्पन गर्नका लागि सबैको सहयोगको अपेक्षा गरेको समेत बताए।

    निर्वाचन कार्यालय स्थापना कार्यक्रम प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटा, जिल्ला समन्य समितिका संयोजक दानबहादुर रावत, अदनचुली उपाध्यक्ष शौमती ऐडी, जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपाल र निर्वाचन अधिकृत शिवप्रसाद पोखरेललगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागी थिए। 

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.