|

काठमाडौं: नेकपा क्रान्तकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले कांग्रेस एमाले माओवादी राप्रपा एउटै थैलीका चट्टा पट्टा भएको आरोप लगाएका छन्। पहिलो राष्ट्रिय सम्मेलन पोखराबाट पारित निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वैद्यले यस्तो कुरा बताएका हुन्।

राष्ट्रिय सम्मेलनमा छलफल पनि गरेको भन्दै वैद्यले कांग्रेस एमाले माओवादी राप्रपा एउटै भएको बताए। ‘यो कस्तो हो भने नेपाली काग्रेस एमाले माओवादी राप्रापा हिजो अलि अलि फरक थिए, अहिले राजनीतिक वर्गीय दृष्टिकोणले एउटै हुन्’ वैद्यले भने।

मात्रात्मक रुपमा थोरै भएपनि समर्गमा कांग्रेस, एमाले माओवादी र राप्रपा एउटै भएको वैद्यले अरोप लगाए। ‘हामीले सविधान बनाउने क्रमदेखि हेदै आएका छौं’ वैद्यले भने, ‘नेताहरु विपक्षि गठबन्धन भन्छन्। कतिपय सत्तापक्षि भन्छन्। अहिले एमाले माके एउटै भए।

नेपाली काग्रेस राप्रापा के फरक फरक छ ? चार पार्टी एउटै थलीका चटटा पट्टाप्टा हुन।’ चार पार्टी नाममा फरक भएपनि कार्यगत रुपमा एउटै भएको वैद्यको तर्क छ। यि दलहरुले पुरानै राज्य शक्तालाई बचाएर जाने वैद्यको बुझाई छ।

वैद्यले काग्रेस एमाले माओवादी राप्रपा प्रति प्रश्न गरेका थिए। उनले, ‘हाम्रो स्वाल के छ भने देशको स्वाधिनताको रक्षा किन हुन सकेन? जनजिविकका समस्या किन समाधान हुन सकेन? सच्चा लोकतन्त्र प्राप्त हुन सकेन ? सिधा भाषामा भन्दा खेरी यि शक्ति साम्राज्यवादी र विस्तारवादीका एजेन्ट हुन। वैदेशिक प्रक्रियावादीका एजेन्ट हुन यि शक्तिसँग लड्न गाह्रो छ तर लड्न सक्छौ। वैकल्पिक शक्तिको रुपमा विकसित भएर जान्छौं।’

क्रान्तिकारी शक्तिहरुसँग एक हुन्छौं

प्रतिक्रियावादीहरु बलियो हुँदै गएकाले क्रान्तिकारी शक्तिहरु एक हुने वैद्यले दाबी गरे। माओवादी तत्काल मसाल,नेकपा र ऋषि कट्टेलसंग वैचारिक रुपमा धेरै मतभिन्नता छन्। मिलेका विषयलाई मिलाउँदै नमिलेका विषयलाई मिलाउँदै क्रान्तिकारी शक्तिहरु एक हुने वैद्यले बताए। उनले कित उहाँहरु उतै मिल्न जानुपर्छ।

होइन भने क्रान्तिकारीसँग एकतावद्ध भएर जानु पर्छ तेसो बाटो नभएको बताए। एकताका लागि क्रान्तिकारीहरुले नै पहल गर्नु पर्ने भन्दै राष्ट्रिय सम्मेलनले पनि निष्कर्ष निकालेको छ। अन्तह सच्चा क्रान्तिकारी एकतावद्ध बनाएर नयाँ विकल्प सहित अगाडि बढ्ने वैद्यले दाबी गरे।

निर्वाचनको उपयोग गरिने

वैद्य माओवादी निर्वाचनमा नगई देशभक्त जनतान्त्रिक मोर्चा जाने भएको छ। पार्टीको उपयोग गर्ने नीति अनुरुप निर्वाचनमा जान थालेको हो। के कस्ता उम्मेदवार उठाउने भन्ने विषयमा मोर्चाले निर्णय गर्ने भएको छ।

मोर्चाले कम्तीमा पनि प्रगतिशिल, सामराज्यवाद, विस्तारवाद विरोधी,वर्तमान शक्ता विरोधी उम्मेदार उठाउने भएको छ। वैद्य माओवादीले तालमेललाइर्ए कम प्राथमिकता दिने भएको छ। काग्रेस एमाले माओवादी राप्रपा कुनै पनि संसदीय शक्तिसंग तालमेल नहुने भएको छ।

वैद्यले भने, ‘हामीले पञ्चायती व्यवस्थामा निर्वाचनलाई उपयोग गरेका थियौ। पञ्चायतका विरुद्ध लड्दा भुमीगत नै थियौ तर कपितय अवस्थामा निर्वाचन उपयोग गरेका थियौ।’ पछि बहुदलिय व्यवस्था आएपछि पनि २०४८ सालमा निर्वाचन उपयोग गरेको वैद्यले स्मरण गरेका थिए।

‘पञ्चायती व्यवस्थामा हामी त्यो व्यवस्था सत प्रतिशत ठिक हो भनेर त होइन गलत हो भनेर भण्डाफोर गर्न जनतामा जानु पर्छ भनेर उपयोग गरेका थियौ ’ वैद्यले भने।

अहिलेको परिवर्तित व्यवस्थालाई स्विकार नगर्ने भन्दै वैद्यले भण्डाफोर गर्दै जनाधार तयार गर्दै जनतामा जाने बताएका छन्। वैद्य माओवादीले अध्यक्षत्मक प्रणालीलाई भत्काउँदै एकल महासचिव प्रणाली अपनाउने भएको छ। वैद्य अबदेखि पार्टीको महासचिव हुने भएका छन्। पार्टीमा सबै नेताहरु सतिवालय सदस्यमा रहने भएका छन्। पार्टीले स्थायी कमिटि,पोलिटब्युरो र केन्द्रीय समितिको निर्वाचन वैठकले निर्णय गर्ने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.