|

काठमाडौं : धितोपत्र बजार सोमबार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर बजार परिसूचक (नेप्से) बजार ४६.६२ अंकले बढेको छ। दसैंपछि उच्च बिन्दुले बजार बढेको सोमबार पहिलो पटक हो। 

दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ। बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.२१ बिन्दुले उकालो लागेको छ। कूल १६३ कम्पनीको १४ लाख ५६ हजार ६३७ कित्ता सेयर ६० करोड ५० लाख सात हजार ६१४ रुपैयाँमा खरिद बिक्री भएको हो। 

स्टकका अनुसार बैंकिङ ४८.६६, होटल ७८.०५, विकास बैंक ५७.३६, जलविद्युत् ५२.५५, वित्त क्षेत्र ९.९, बीमा समूह २६४.७५ र अन्य समूह ०.२८ बिन्दुले बढ्दा व्यापार क्षेत्र भने ४.२२ बिन्दुले ओरालो लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.