|

डडेल्धुरा : डडेल्धुरामा पहिलो पटक सोमबार फोहर दौड प्रतियोगिता गरिएको छ। ग्रीन अर्थ सोसाइटी–नेपाल डडेल्धुराले जलवायु परिवर्तनप्रति सबैको ध्यान आकर्षण गर्न र वातावरण सरसफाइका लागि उत्प्रेरित गर्न प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा सहभागी २२ जनाले आफूले बोकेको बोरामा प्लाष्टिक र फोहर जम्मा गर्दै दौडिएका थिए। जसमा सुमन सिंह ठकुरी पहिलो, सिद्धराज पनेरु दोस्रो र किशोर बम तेस्रो भएका थिए। उनीहरुले क्रमश: १५ सय,  एक हजार र पाँच सय रुपौयाँ पुरस्कार पाएका ग्रिन अर्थ सोसाइटी नेपालका अध्यऊ तीर्थराज पनेरुले जानकारी दिए।

अमरगढी नगरपालिकाका प्रमख विश्वेश्वरप्रसाद ओझाले यस्तो कार्यक्रमले सरसफाइप्रति समुदायमा चेतना बढाउने बताए। ‘यो नमुना कार्यक्रमले युवाहरुलाई त उत्प्रेरित गर्छ साथै यसले सम्पूर्ण नगरका व्यापारीहरुमा पनि सार्वजनिक ठाउँमा फोहर फाल्नु हुदैन भन्ने सन्देश दिन्छ' उनले भने।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.