|

गुल्मी : सदरमुकाम तम्घासको खानीगाउँबाट जुवा खेलिलरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। रमेश श्रीसको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले दुई लाख ५७ हजार पाँच सय ९७ रुपैया सहित उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

पक्राउ पर्नेमा तम्घास खानीगाउँका तारा श्रीस, हरिशचन्द्र थापा, रमेश श्रीस, लक्ष्मण थापा, तुल्सी पहराई, धुर्कोट गाँउपालिकका मेयरसिंह विष्ट र अर्घाखाँची छत्रदेव गाउँपालिकाका छत्र थापा रहेका छन्।

उनीहरुलाई जुवा ऐन २०२० अन्तर्गत कारबाही अगाडि बढाइने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। तिहारको समयमा जुवा खेल्ने र खेलाउने व्यक्तिहरुबारे पनि  सूचना आइरहेकाले उनीहरुको बारेमा अनुसन्धान भइरहेको थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.