|

दमक: पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकास्थित दुर्गापुरमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी- ११ का ३० वर्षका बुद्धि राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। राई सवार मे१प ७९११ नम्बरको मोटरसाइकललाई  मे१त ३६५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते राईको उपचारको क्रममा विर्तामोडस्थित वी एण्ड सी अस्पतालमा ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.