|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनीलबहादुर थापाले आफ्ना पिता सूर्यबहादुर थापाले चाहेको वृहत् प्रजातान्त्रिक शक्तिबीच एकताको सपना अहिले आएर पूरा हुन लागेको प्रतिक्रिया दिएका छन्।

मालीगाउँस्थित आफ्नै निवासमा रिपोर्टर्स क्लबले गरेको देउसीभैलो कार्यक्रममा नेता थापाले वामपन्थी शक्तिहरूले एकता गर्ने सोच बनाउनुभन्दा धेरै समयअघि आफ्ना पिताले प्रजातान्त्रिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिने गरेको बताएका हुन्।

उनले धनकुटालाई नै प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्नेमा जोड दिए। ‘भौगोलिक वा अन्य हिसाबले पायक पर्नेगरी तत्कालीन समयमा पूर्वाञ्चलको केन्द्र बनाइएको थियो’, उनले भने, ‘अझै पनि त्यो सान्दर्भिक छ। 

महामन्त्री थापाले निर्वाचन तोकिएकै समयमा हुने बताए। उनले भने, ‘निर्वाचन सर्ने कुरा हौवामात्र हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.